बुद्ध एयरका संस्थापक बस्नेतको निधन | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

बुद्ध एयरका संस्थापक बस्नेतको निधन

काठमाडौं । बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ । बस्नेतको आज बिहान ९५ वर्षको उमेरमा निधन भएको हो ।

भोजपुरको दिङ्लामा जन्मिएका बस्नेतले बनारस विश्वविद्यालयबाट एमए र एलएललबी सम्मको अध्ययन गरेका छन् ।

नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर काम गरेका बस्नेत सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुुक्त र नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत भएका थिए ।

उनी कानुुन तथा न्याय, शिक्षा मन्त्री र अर्थ,उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पनि भएका थिए ।

बस्नेतका जेठा छोरा वीरेन्द्रबहादुर बस्नेतले सम्हालिरहेका छन् । उनका एक छोरी र दुई छोरा छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);