सुध्रियलान शोभराज! (भिडियोरिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

सुध्रियलान शोभराज! (भिडियोरिपोर्ट)

सन्दिप शर्मा / माउण्टेन टेलिभिजन एचडी । चाल्र्स शोभराज अपराधको दुनियाँमा सधै चर्चामा आइरहे । नेपाल, भारत, फ्रान्स, थाइल्यान्डलगायत विभिन्न देशमा अपराध गरेर खोजीको सूचीमा रहे । पक्राऊ पर्ने र फरार हुने गरिरहन्थे । पछिल्लोपटक नेपालमा पक्राऊ परेर १९ वर्ष जेल सजाय भोगेर अब १० बर्ष नेपाल फर्कन नपाउने गरी शोभराजलाई फ्रान्स पठाइएको छ ।

चाल्र्स शोभराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हात्ति पनि छिराउन सकिने बताउने गरेको विषय चर्चामा आइरहन्छ । भारतको तिहाड जेलबाट भागेका उनी नेपालमा पक्राउ परेका थिए । उनी नेपालमा २ जना पर्यटको हत्या गरेको अभियोगमा जेल परेका हुन् ।

त्यसैगरी उनीमाथि थाईल्याडमा मात्रै १४ जना र नेपाल सहित विभिन्न देशमा गरेर २० जना पर्यटकको हत्या गरेको अरोप छ । उनले नेपालमा दुई दिनको अन्तरालमा अमेरिकन र क्यानडिएन नगारीकको हत्या गरेका हुन् । हत्यापछि फरार भएका शोभराज क्रिसमसको पूर्व सन्धायमा काठमाडौंको एक क्यासिनोबाट १९ बर्ष अगाडि पक्राउ परेका थिए । हत्या, डकैतीलगायत दर्जनौं अपराधमा संलग्न रही दोषी ठहरिएका उनी विश्वका धेरै देशको खोजीमै रहदाँ उनलाई नेपालमा पक्राउ गरिएको थियो । नेपालको प्रहरी निकायलाई फितलो भन्दै व्यङ्ग्य गर्ने शोभराज नेपालकै प्रहरीबाट पक्राउ परेका हुन् । हत्याको अभियोगमा दोषी ठहर भई शोभराज केन्द्रीय कारागारमा राखिए । विभिन्न समयमा जेलबाट भाग्न खोजेको तथ्य समेत फेला प¥यो । कहिले जेलभित्रैबाट मोबाइल चलाएको त कहिले भाग्ने योजना बुनेको विषय सार्वजनिक भइरह्यो ।

कुख्यात अपराधी शोभराजलाई गोलघरमा राखियो । उनले नेपालको जेलबाट पटक पटक भाग्न प्रयास गरेपनि उनको प्रयास सफल भएन । ७८ वर्षको वृद्धावस्थामा हालै शोभराज सर्वोच्च अदालतको आदेशबाट छुटका छन् । सर्वोच्चको आदेशसँगै शुक्रबार उनलाई दश बर्ष नेपाल फर्किन नपाउने गरी करातार एरवेज मार्फत दोहा हुँदै उनकै देश फ्रान्सका लागि पठाइएको छ । शोभराजको अपराधको दुनियाँ कुनैबेला व्यापक नै थियो । उनको संगठित आपराधिक गिरोहसँग साँठगाँठ रहेको तथ्यहरु पनि फेला प¥यो ।

विश्व चर्चित कुख्यात अपराधी शोभराजका बारेमा उपन्यास लेखिए, चलचित्रहरु बने । यतिसम्मकी उनको अपराधकर्मबारे समाचार लेख्ने पत्रकारहरु पनि चर्चाको शिखरमा पुगे । जेलबाटै दर्जनौं अन्तराष्ट्रिय मिडिालाई अन्तवार्ता दिएर शोभराज विवादमा आईरहन्थे । अन्तर्वाता दिएर मिडियाको ध्यान खिचिरहने शोभराज नेपालको कारागार बाट छुट्दा भने मिडियामा आफ्नो अनुहार देखाउन चाहेनन् । नेपालमा जेल प्रशासनले कडाई गरेपनि शोभराज कुनै न कुनै विवादास्पद गतिविधि गरिहाल्थे । उनी अहिले ७८ बर्ष पुगेका छन् । जेलबाट छुट्यो कि अपराध गरिहाल्ने स्वभावमा यसपटक पूर्णविराम लाग्छ कि लाग्दैन प्रतिक्षाको विषय बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);