मध्येपहाडी लोकमार्ग शहरमा झारेको भन्दै पोखरा महानगरविरुद्ध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मध्येपहाडी लोकमार्ग शहरमा झारेको भन्दै पोखरा महानगरविरुद्ध प्रदर्शन

पोखरा। लामो समय अन्योलमा रहेको मध्येपहाडी लोकमार्गअन्तर्गत कास्कीको भैंसे–याम्दी खण्डको रुट टुंगिएको छ । आयोजनाले यसअघिको प्रस्तावित भैंसेबाट कसेरी हुँदै मनिपालबाट याम्दी जोड्ने रुटलाई संशोधन गरेर मौजा, अर्मला हुँदै याम्दीमा जोडेको हो । उक्त रुटको टेण्डर आह्वान समेत भैसकेको छ  । साढे ३५ किलोमिटर उक्त खण्डमा करिव ४ अर्व खर्च हुने प्रश्ताव छ ।

तर, पोखरा १६ का बासिन्दाले रुट गलत मनसायबाट टुंग्याइएको भन्दै विरोध जनाएका छन् । स्थानीयको मर्मविपरित आयोजना अगाडि बढाएको भन्दै उनीहरुले पोखरा महानगरमा धर्ना दिएका छन् । स्थानीयलाई जानकारी नगराई पुनः रुट संशोधन गरेको भन्दै मध्येपहाडी लोकमार्ग सहरमा नझार्न उनीहरुको माग छ ।

माग पूरा गर्न स्थानीयले संघर्ष समिति नै बनाएका छ । माग सुनावाई नहुँदासम्म महानगरको कार्यालय अगाडी धर्ना दिने समितिका सचिव सन्दीप थापाले बताए । ‘राष्ट्रिय गौरवको आयोजना बन्दा स्थानीयलाई थाहा हुनुपर्छ कि पर्दैन ? सुटुक्क रेखांकन गरेर टेण्डर निकालिएको छ,’ उनले भने, ‘आयोजनाले जग्गाधनी, पर्यटकीय ठाउँ र स्कुललाई समेत वास्ता गरेको छैन । यसका विरुद्ध हामी निरन्तर संघर्ष गर्छौं ।’

आयोजनाबाट ब्यक्तिहरुको उठिबास लाग्ने र सुकुम्बासी बन्ने उनीहरुको गुनासो छ । लमजुङको सीमानादेखि भैंसेसम्म र याम्दीदेखि पर्वतको सीमाना नयाँपुलसम्म काम करिव अन्तिम चरणमा छ । भैंसेदेखि याम्दी खण्डमा भने रुट छनोटमा ढिलाई हुँदा काम अघि बढ्न नसकेको हो । सुरुमा भैंसेबाट लेखनाथ निकाल्ने प्रश्ताव थियो । त्यसपछि पनि विभिन्न ५ वटा रुटमा छलफल भयो । अन्ततः भैंसेबाट ज्याम्दु हुँदै आँटीघर निकालेर अर्मलाकोटबाट महेन्द्रगुफा र त्यहाँबाट याम्दी जोड्ने गरी मंसिर १४ गते टेण्डर प्रकाशन गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);