बस दुर्घटनामा वडा सदस्यको मूत्यु, छ घाइते | ईमाउण्टेन समाचार

Our Network

फागुन २० २०८२, बिहीबार

बस दुर्घटनामा वडा सदस्यको मूत्यु, छ घाइते

पोखरा, ८ पुष । पोखराबाट भाचोकतर्फ गइरहेको ना३ख ७४३६ नंको बस कास्कीको मादी गाउँपालिका–१० भाचोकमा शुक्रबार साँझ दुर्घटना हुँदा वडा नं ९ का दलित वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ ।

 

बस सडकमा भास्सिएपछि पल्टेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 

दुर्घटनामा छ जना यात्रु घाइते भएकामा स्थानीय मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको बताइएको छ ।