पोखरा, ८ पुष । पोखराबाट भाचोकतर्फ गइरहेको ना३ख ७४३६ नंको बस कास्कीको मादी गाउँपालिका–१० भाचोकमा शुक्रबार साँझ दुर्घटना हुँदा वडा नं ९ का दलित वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ ।
बस सडकमा भास्सिएपछि पल्टेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनामा छ जना यात्रु घाइते भएकामा स्थानीय मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको बताइएको छ ।