शोभराजसँग विवाह गर्न अदालतसम्मै पुगेका थिए युवतीहरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

शोभराजसँग विवाह गर्न अदालतसम्मै पुगेका थिए युवतीहरु

एजेन्सी । चाल्स शोभराज यतिबेला चर्चामा छन् । नेपालको सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएसँगै उनको चर्चा बढेको हो । ‘विकिनी किलर’ उपनामले चिनिने कुख्यात अपराधि शोभराज नेपालमा १९ वर्ष काराबास बसाई पछि छुट्ने भएका हुन् ।

शोभराज जहाँ जान्छन्, त्यहाँ नयाँ प्रमिका बनाउँछन् भन्ने चर्चा समेत चल्ने गरेको छ ।

शोभराज जस्को आपराधिक जीवनबारे उपन्यास लेखिएका छन् । उनका बारेमा चलचित्र समेत बनेका छन् । अहिले ७८ वर्ष पुगेका शोभराज भारतको तिहार जेलमा बस्दा युवतीहरुको प्रिय व्यक्ति भएका थिए । उनीसँग विवाह गर्न चाहने युवतिहरुले अनुमतिका लागि अदालतमा निवेदनसमेत दिएका थिए ।

‘उनले सधैं आफ्ना महिला आगन्तुकहरूलाई आकर्षक बनाउँने गर्थे । उनीलाई प्रेम गर्ने धेरै युवतीहरु थिए । जो विदेशबाट समेत भेट्न आउँने गर्थे । उनीहरूमध्ये कतिपयले उनीसँग विवाह गर्न चाहन्थे । उनको व्यक्तित्व यस्तो थियो,’ तिहाड जेलका तत्कालिन सुपरिटेन्डेन्ट जेपी नैथानीले ‘द इन्डियन एक्सप्रेस’मा लेखेका छन् ।

उनीसँग डेटिङ जान चाहँने युवतीहरु पनि थुप्रै छन् । उनको जिवनीमा आधारित एक सिरिजमा उनकी प्रेमिकाको भूमिका निभाएकी जेन्ना कोलम्यानले समेत शोभराजसँग डेटिङ जान चाहेको बताएकी थिइन् ।
सोभराज नेपाल आउनु अघि भारतमा जेल बसेका थिए । त्यस अबधिमा उनी भारतका थुप्रै जेलमा सरुवा भए । उनी जुन जेलमा बसेपनि उनका प्रेमिकाहरु भेट्न आइरहन्थे ।

नेपाल आएपछि उनले नेपाली महिलासँग समेत विहे गरेका थिए । उनले भारतीय टिभी शो बिग बोसको सिजन ५ मा भाग लिएकी नेपाली महिला निहिता विश्वाससँग विवाह गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);