पुस्तान्तरणको बहस मात्र, ठूला दलमा पुरानै हावी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पुस्तान्तरणको बहस मात्र, ठूला दलमा पुरानै हावी

बिन्दु अधिकारी \ माउण्टेन टेलिभिजन एचडि।

काठमाडौँ पौष ०७। विशेष गरी पुराना दलभित्र नेतृत्व पुस्तान्तरणको बहस चल्ने गरेको थियो । युवा नेताहरु अहिले पनि आफूले मूल नेतृत्व पाउनु पर्ने तर्क सार्वजनिक कार्यक्रमहरुमा व्यक्त गर्छन । तर महत्वपूर्ण समयमा सकारात्मक हस्तक्षेप गर्न भने चुक्दै आएका छन् । अर्कोतर्फ दलहरूभित्र देखिएको अलोकतान्त्रिक अभ्यासले तीन दशकदेखि एउटै र केही सीमित नेतृत्वले मात्रै कार्यकारी भूमिका निर्वाह गरिरहेको देखिन्छ । नागरिकको फेरिँदो चेतनासँग दल र नेताले तादाम्यता मिलाउन सकेका छैनन् । परिवर्तनको आवाजलाई पुराना नेताहरुले आफ्नै ढंगले ब्याख्या गरिरहेका छन् । फलस्वरुप उनीहरुप्रति नागरिकको वितृष्णा हालै सम्पन्न निर्वाचनमा देखीसकेको छ । तर यसले कुनै पनि दलका मै हँु भन्ने नेतालाई छोएको देखिदैन ।

त्यसो त यसपटक लामो समयदेखि मुलुकको कार्यकारी भूमिका र पार्टीभित्र एकलौटी शासन गर्दै आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चुनौती दिन महामन्त्री गगन थापा संसदीय दलको नेताका लागी मैदानमा उत्रिए । तर राम्रो जनमत पाएर सांसद भएका थापाले हार बेर्होर्न बाध्य भए । यसले थापा हारे पनि काँग्रेसभित्रको युवा पुस्ता नेतृत्व लिन हस्तक्षेपकारी भूमिकामा अघि सरेको देखाउँछ। तर नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका अन्य दलमा भने पुरानो नेतृत्वलाई चुनौति दिने कोही देखिएन । १० वर्षे जनयुद्धबाट शान्तिप्रक्रियामा आएको माओवादीमा त झन अध्यक्ष पुष्पकमल दाहालको एकलौटी राज नै छ। उनले अन्य आकांक्षीलाई न पालो नै दिन चाहे न त अन्य सांसदले हिम्मत नै गरे । यस्तै हालत नेकपा एमालेको पनि छ।

पुस्तान्तरणको बहस भईरहेका बेला यसपटक पनि मुलुकले फेरी तिनै पुराना नेताको नेतृत्वमा हिँड्नु पर्ने भएको छ । नयाँपन खोज्दै गरेको जनमतलाई शीर्ष नेतृत्वले बेवास्ता गर्नु अनि स्वयम युवापुस्ता पनि अन्तिम घडीमा पुरानै नेतृत्वको छहारीमा सुस्ताउन खोज्दा जनआवाज र राजनीति अभ्यासबीचको तालमेल हुन सकेको छैन ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);