कसरी अघि बढ्ला नेपाली कांग्रेस ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कसरी अघि बढ्ला नेपाली कांग्रेस ?

काठमाडौं, ३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली दुई तिहाइ बहुमतसहितको समर्थन पाएपछि अब प्रमुख विपक्षी दल नेपाली कांग्रेस अब कसरी अगाडि बढ्छ ? स‌ंसद्‍‍देखि सडकसम्म उसको भूमिका कस्तो हुन्छ ? स्थानीय, प्रादेशिक र संघीय तीनै निर्वाचनमा हारेको कांग्रेसले अब आफूलाई कसरी सशक्त बनाउला ? यी र यस्तै प्रश्न उसका समर्थक र शुभेच्छुकहरुले उठाउन थालेका छन् ।

अब कांग्रेस सशक्त प्रतिपक्षको भूमिकामा रहन्छ वा दुई तिहाइका अगाडि निरीह हुन्छ ? यस्ता धेरै प्रश्नको उत्तर उसको भूमिकाले निर्धारण गर्दैछन् । कांग्रेस युवा नेता गगन थापाले संसदमा भने जस्तै कांग्रेसले उधारोमा होइन, खनखनी हिसाब गरेर लिने ल्याकत राख्छ या राख्दैन ?

ओली सरकारलाई माओवादी केन्द्रदेखि मधेसवादी दलसम्मको तीन तिहाइ समर्थन मिलेको अवस्थामा कांग्रेसको क्षमताबारे पार्टी भित्रै बहस सुरु भएको छ ।

केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षमा सीमित भएपछि कांग्रेसमा अहिले अहिलेको नेतृत्व बेकामे भएको भन्दै फरक बहस पनि चलिरहेको छ । तर संसदीय दलमा शेरबहादुर देउवालाई नै कोइराला परिवारको समेत भोट गएपछि नेतृत्व परिवर्तनको कुरा गफ मात्रै भएको छ ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट तीन तिहाइ अर्थात् २०८ पाएका छन् भने विपक्षमा कांग्रेसको मात्रै ६० मत परेको छ । यो अवस्थामा कांग्रेसको पक्षमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल मात्रै देखिए । संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपालले पनि ओली सरकारलाई समर्थन गरिसकेपछि कांग्रेस संसद्‍ विल्कुल एक्लो प्रतिपक्ष भएको छ ।

गुण र दोषको आधारमा सरकाको मूल्याङ्कन

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा सरकारको गुण र दोषको आधारमा सहयोग र असहयोग गर्ने बताउँछन् । उनी भन्छन्,‘ राम्रो काम गरे समर्थन गर्छौ, नराम्रो काम गरे विरोध गर्छौ।’ प्रवक्ता शर्मा राष्ट्रपति चुनावमा उम्मेदवारी दिनु तथा राष्ट्रिय सभाका अध्यक्ष र सभामुखमा उम्मेदवारी नदिनुले कांग्रेसको आगामी भूमिकाको संकेत गर्ने तर्क राख्छन् ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक र राजनीतिक दयारा नाघेर काम गरेकाले विमति राखेको स्पष्ट पारेका छन् । राष्ट्रपतिको पक्षमा फरक मत राखेका छौं, उहाँले संवैधानिक र राजनीतिक दायरा नाघ्नु भयो,उहाँका विरुद्ध उम्मेदवारी दिएर विमति राखियो उता सभामुखको शालिन व्यक्तित्व र सन्तुलित विचारका कारण उम्मेदवारी दिइएन ।’

‘उठ्ने र छोड्ने कारणले कांग्रेसको आगामी भूमिकालाई निर्दिष्ट गर्छ’, प्रवक्ता शर्मा भन्छन्, ‘संसदमा सभामुखका लागि कृष्णबहादुर महरालाई सहयोग र राष्ट्रपतिमा विद्यादेवी भण्डारीसँग कुमारी लक्ष्मी राईमार्फत गरिएको प्रतिस्पर्धाले कांग्रेसले भूमिका स्पष्ट हुन्छ ।’

पुरानाबाट पार्टी चल्दैन

अर्कातिर युवा नेताहरु कांग्रेसको रुपान्तरणका लागि पुनर्जागरण अभियान सञ्चालन गरेका छन् । उनीहरु नेतृत्व र नीतिमा रुपान्तरण आवश्यक भएको भन्दै देशव्यापी अभियानमा छन् । प्रदीप पौडेल, चन्द्र भण्डारी, धनराज गुरुङ,गुरुराज घिमिरे, उमेशजंग रायमाझी र रामहरि खतिवडा लगायतका युवा नेताले पुर्नजागरण अभियान सञ्चालन गरेका हुन् ।

युवा नेता प्रदीप पौडेल सरकारका कुरा भन्दा पार्टीको रुपान्तरणमा ध्यान दिनु पर्ने बताउँछन् । पुरानै ढंगले कांग्रेस चल्न नसक्ने पौडेलको स्पष्ट धारणा छ ।‘पुराना र पुराना ढंगबाट अब पार्टी चल्दैन, पार्टीको नेतृत्व र सिद्धान्त दुबैमा रुपान्तरण आवश्यक छ’, उनी भन्छन्,‘ पार्टीको सुधारको लागि तल्लो तहसम्म पुगेर बहस चलाउन जरुरी छ, त्यही भएर हामीले पुर्नजागरण अभियान थालेका हौं ।’

उनी पुनर्जागरण छिट्टै नसकिने अभियान भएको बताउँछन् । ‘यो लामो कोर्ष हो, नेतृत्वमा होइन, सैदान्तिक पुर्नव्याख्या, कार्यसम्पादन र संगठन निर्माण लगायतका विषयमा अभियान केन्द्रित हुनेछ’, युवा नेता पौडेल भन्छन् । उनी महासमिति, महाधिवेशनको दस्तावेज निर्माणको गर्नेसम्मका विषयमा तल्लो तहमा छलफल गराइने उद्देश्यका साथ अभियान थालिएको बताउँछन् ।

युवा नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवा लगायतका पुराना नेताको अकर्मन्यताका कारण नै पार्टीले निर्वाचन लज्जास्पद पराजय भोगेको आरोप समेत लगाए । पुनर्जागरण अभियान थालेका युवा नेताले कांग्रेसलाई पुरानै अवस्थामा फर्काउने अठोट समेत गरेका छन् ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);