मोहोर निकाल्नुपर्ने फोहोरले रोग निकाल्यो ( माउण्टेन रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मोहोर निकाल्नुपर्ने फोहोरले रोग निकाल्यो ( माउण्टेन रिपोर्ट )

सन्दीप रिजाल \ माउन्टेन टेलिभिजन एचडि।

काठमाडौँ पौष ०७। काठमाडौं उपत्यकाको मुख्य समस्या हो फोहोरको व्यवस्थापन । यसका नाममा दशकौंदेखि राजनीति धेरै भए तर समाधान निस्किएन । मेयर बालेन्द्र शाह फोहोरको व्यवस्थापन तत्कालै गर्ने भन्दै आक्रामक शैलीमा लागे । उनले बन्चरे डाँडा र सिस्डोल पुगेर स्थानीय बासिन्दासँग छलफल गरे । फोहोर रोक्न खोज्ने र व्यवस्थापन गर्न खोज्नेबीच भिडन्त नै चल्यो । मेयर बालेनले अहिलेको अवस्थामा ल्याण्डफिल्ड साइट निमार्ण भइनसकेकोले पुरानै ठाउँमा फोहोर व्यवस्थापन गर्नु बाध्यता रहेको भन्दै तत्कालको समस्या समाधान गरे , कुहिने र नकुहिने फोहोर छुट्याएर विगतभन्दा फरक तवरबाट फोहोर व्यवस्थापन गर्ने उनको भनाइ थियो । मेयरकै निर्देशनमा असार ९ गते महानगरपालिकाको वातावरण तथा कृषि विभागले स्रोतमै कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्ने सूचना उल्लेख गरिएको थियो ।

वर्गीकरण नगरी दिएको फोहर संकलन नगर्ने भन्दै महानगरले सूचनाको अटेरी गर्नेलाई प्रत्येक पटक पाँच सय रुपैया जरिवाना गर्ने चेतावनी नै दियो । तर अहिले ६ महिना बित्दा पनि महानगरले वर्गिकरण सहितको फोहार उठाउन सकेको छैन ।

बरु फोहोरको व्यवस्थापन गर्नैका लागि भन्दै नगरपालिकाको एक टिम बुधबार नै भारत तर्फ प्रस्थान गरेको छ।

फोहोरको व्यवस्थापनको अध्ययनका लागि भन्दै काठमाडौं नगरपालिकाबाट यस भन्दा अगाडि पनि पटक पटक विभिन्न मुलुकमा भ्रमण नभएका होइनन् । फोहोरको नाममा भ्रमण गर्ने तर कुनै प्रतिफल नदिने गतिविधिका कारण देशको रकम बालुवामा पानी खन्याएजस्तै भएको छ । फोहोर व्यवस्थापनका लागि अनावश्यक रकम खर्च गरेर भ्रमण र अध्ययन भन्दा पनि परिणाममुखी दिगो योजना अनिवार्य आवश्यकता हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);