काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले प्रधानमन्त्रीकै कारण सत्ता गठबन्धन टुट्ने अबस्था आउँछ भने प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेस तयार हुनु पर्ने बताउनु भएको छ।
माउण्टेन टेलिभिजनकबाट प्रशारण भएको कार्यक्रम ‘माउण्टेन संवाद’मा पत्रकार खगेन्द्र विष्टसँग कुरानकानी गर्दै नेता शाहीले भने,‘कांग्रेसले त्यतिखेर गठबन्धन नगरी निर्वाचनमा जानु पथ्र्याे, निर्वाचनमा कांग्रेस एक्लै जान सकेन, तर गठबनन्ध गरी सकेपछि नेतृत्वको लागि सत्ता गठबन्धन टुटाउने कांग्रेसलाई पनि छुट छैन् ।’
संसदको ठूलो पार्टीको हिसाबले नेपाली कांग्रेसले नेतृत्वको दाबी गर्नु स्वाभाविक भएपनि सत्ताका लागि मात्र कांग्रेस अघि बढ्न नहुने उहाँको तर्क छ।
शाहीले अब सत्ता गठबन्धलाई जोगाएर गठबन्धन दलहरुका बिचमा सहकार्य भएर अघि बढ्नु पर्ने टिप्पणी गरे । त्यसैगरी संसदीय दलको निर्वाचनको विषयमा महामन्त्री गगनकुमार थापाको पक्षमा अपेक्षाकृत नतिजा आउन नसकेको बताए। संस्थापन इतर पक्ष समुहमा अन्तर घात भएको आशंका गर्दै उनले भने,‘यो विषयमा इतर समुहले अनुसन्धान गर्नु पर्ने जरुरी देखिएको छ।