विद्या तामाङ \ माउन्टेन टेलिभिजन एचडि।
काठमाडौँ, पौष ०७। चालु आर्थिक वर्षको साउन देखि कात्तिक मसान्तसम्म ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ बराबर रेमिट्यान्स नेपाल भित्रिएको छ। कोभिडपछि धरासयी बनेको नेपालको अर्थतन्त्र, तरलता र विदेशी मुद्रा सञ्चितिलाई लयमा ल्याउन यसले सहयोग गरेको छ । गत आर्थिक वर्षमा वैदेशिक रोजगारका लागि ३ लाख ४८ हजार ८ सय ६८ जनाले श्रम स्वीकृती लिएका थिए । सबैभन्दा धेरै साउदी अरेवियामा १ लाख २५ हजार ३ सय ६९ ,कतारमा ७६ हजार ८ सय २३ युएइमा ५३ हजार ८ सय ४४ नेपालीले श्रम स्वीकृती लिएका छन् ।
यस्तै मलेसिया,माल्दिभ्स, कुवेत ,माल्टा, , क्रोएसिया ,साइप्रस जोर्डन , जापान जाने नेपालीको सख्ंया पनि उल्लेखनीय छ। चालु आर्थिक वर्षको कात्तिक महिनामा ७८ हजार ३ सय ७० र मसिंरमा ६८ हजार ५ सय ६४ जनाले श्रम स्वीकृती लिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ, श्रमिकका लागि फ्रि भिसा, टिकट, सीप मुलक तालिमको व्यवस्था गर्ने भनेपनि कार्यान्वयनमा सरकारको भूमिका नदेखिएको नेपाल ट्रेड युनियन महासंघको आरोप छ। वैदेशिक श्रमबाट फर्केका श्रमिकको हकमा पुन स्थापित गर्न राज्यले रोजगारीको अवसर सिर्जना गर्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।
विदेशमा गएर सहज वातावरणमा काम गर्न तालिम तथा अभिमुखीकरणको कार्यक्रम दिँदै आएको विभागको दाबी छ। यस्तै विदेशमा अलपत्र परेकालाई उद्धार गर्न तथा स्वदेश फर्केका श्रमिकको पुनःएकीकरणको कार्यक्रम ल्याइएको विभागका महानिर्देशक उमाकान्त आचार्य बताउनुहुन्छ।
मुलुक रेमिट्यान्सको भरमा चलेको कुरा स्वयम सरकारले नै महसुस गरिसकेपछि बैदेशिक रोजगारीमा जानुपूर्व र गइसकेपछि नेपाली श्रमिकले भोग्नु परेका समस्या समाधानमा सरकारले अल्छी गर्नु हुँदैन ।