एजेन्सी । कोरोना भाइरसको उत्पत्ति भएको चीनमा फेरी नयाँ कोरोना भाइरस देखिएको छ । कोरोना संक्रमण बढ्दै जादा त्यहाँका नागरिकहरुले सन् २०२० को स्मरण गरिरहेका छन् । अवस्था यति नाजुक छ कि त्यहाँका अस्पतालका सबै बेड भरिएका छन् ।
मेडिकल स्टोरमा औषधि सकिँदै गएको छ । बेइजिङको सबैभन्दा ठूलो शवदाह गृहमा दिनको २४ घण्टा अन्त्येष्टि गरिन्छ । यसको कारण चीनमा फैलिएको नयाँ भेरियन्ट हुनसक्ने विज्ञहरू बताउँछन् ।
वास्तवमा, कोरोना भेरियन्ट ओमिक्रोनको नयाँ सब–भ्यारियन्टले चीनमा कहर मच्चाइरहेको छ ।
यसको नाम BA.5.2.1.7 हो। वैज्ञानिकहरूले यसलाई BF.7 पनि भनिरहेका छन्। चीनमा शून्य कोभिड नीतिको अन्त्य भएपछि विज्ञहरूले यो ओमिक्रोनको सबैभन्दा खतरनाक उत्परिवर्तन बताइरहेका छन् ।