कांग्रेस संसदीय दलको नेता चयन गर्न मतदान सुरु | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

कांग्रेस संसदीय दलको नेता चयन गर्न मतदान सुरु

काठमाडौं । नेपाली कांग्रेसको बिहान ८ बजेदेखि सुरु हुने भनिएको संसदीय दलको नेता चयन गर्न करिब एक घण्टापछि मतदान सुरु भएको छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा मतदान सुरु भएको हो । केही सांसदहरुले भोट हाल्ने स्थानसम्म मोबाइल लैजान पाउनुपर्ने माग गरेपछि मतदान ढिलाई भइरहेको थियो ।

१० बजेसम्म मतदान समय तोकिएको छ । सांसदहरू दलको कार्यालय परिसरमा सांसद पदमा निर्वाचित भएको प्रमाणपत्र जाँच गरेर भित्र पस्न दिइएको थियो ।

गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा निर्वाचित कांग्रेसका ८९ जना सांसदले निर्वाचन प्रक्रियामा भाग लिनेछन् ।

सभापति प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि मंगलबार उम्मेदवारी दर्ता गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);