काठमाडौं । नेपाली कांग्रेसको बिहान ८ बजेदेखि सुरु हुने भनिएको संसदीय दलको नेता चयन गर्न मतदान ढिलाइ भइरहेको छ ।
केही सांसदहरुले भोट हाल्ने स्थानसम्म मोबाइल लैजान पाउनुपर्ने माग गरेपछि मतदान ढिलाई भइरहेको स्रोतले जनाएको छ।
बिहान ८ बजेदेखि सुुरु हुने भनिएको मतदान अहिलेसम्म पनि हुन सकेको छैन् । १० बजेसम्म मतदान समय तोकिएको छ ।
गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा निर्वाचित कांग्रेसका ८९ जना सांसदले निर्वाचन प्रक्रियामा भाग लिनेछन् ।
सभापति प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि मंगलबार उम्मेदवारी दर्ता गरेका छन् ।