काठमाडौं । संघीय सांसद सचिवालयले नवनिर्वाचित सांसदहरुलाई शपथ खुवाउने ज्येष्ठ सांसदको टुंगो लगाएको छ ।
गत मंसिर ४ गते सम्पन्न भएको चुनावमा २ सय ७५ जना सांसदहरुमध्ये पशुपति शमशेर जबरा सबैभन्दा जेठो सांसद भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष जबराले अन्य सांसदहरुलाई पुस ७ गते शपथ गराउने भएका छन् ।
जबराले राष्ट्रपतिबाट शपथ लिएपछि अरु सांसदहरुलाई शपथ गराउनेछन् ।