पम्प ट्रयाक, साइकल र स्केटिङका पारखीकालागि यो खेलस्थल ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पम्प ट्रयाक, साइकल र स्केटिङका पारखीकालागि यो खेलस्थल ( भिडियो रिपोर्ट )

प्रतिमा धरेल / माउन्टेन टेलिभिजन एचडि।  

काठमाडौँ ,पौष ०५ । काठमाडौंको कुपण्डोलस्थित बागमती करिडोरमा रहेको पम्प ट्रयाक, साईकल र स्केटिङका पारखिहरुलाई फुर्सतको समयमा रमाउने ठाउँ बनेको छ। युवाहरुमा व्याप्त मोबाईलको कुलत छुटाउन पनि धेरथोर मद्यत गरेको छ।

यो हो बागमती करिडोरमा केही समय अघि बनेको पम्प ट्रयाकमा रमाइरहेका युवाको जमात । युवा मात्रै होइन बालबालिका र अभिभावकहरु पनि खेल्दै र खेल हेरेर रमाइरहेका देखिन्छन् । विशेषगरी साँझ बिहानको समय यो ट्रयाकमा साइकल र स्केटबोर्डको मजा लिनेको संख्या धेरै हुने गरेको छ । विदाको दिन यहाँ अझै भिड हुने गर्छ । मोबाईल, ल्यापटपमै खेल खेल्दै हुर्किरहेको नयाँ पुस्ताको सारिरीक विकास र स्वास्थ्यमा चुनौति देखिएको बेला पम्प ट्रयाकको निर्माणले मोबाईलको लत हटाएर स्वस्थ रहन मद्धत गरेको यहाँ आउने खेलाडीहरु बताउँछन् । पम्प ट्रयाकले सडकमा खेल्न जाँदा हुने दुर्घटनाको जोखिम पनि धेरै कम गरेको बालबालिका बताउँछन् ।

मनोरञ्जन मात्र नभई पम्प ट्रयाक देशलाई चिनाउने माध्यम पनि बन्न सक्ने केहीको बुझाइ छ।

शहरको सौन्दर्य र मानिसको स्वास्थ्यका लागि पनि महत्वपूर्ण भएकाले यस्ता खेल माध्यमको संरक्षण र विस्तारमा जोड दिनुपर्ने अभिभावकहरु बताउँछन् ।

१७० मिटर लामो यो पम्प ट्रयाक निर्माण गरिदिएको पम्प फोर पिस नामक संस्थाले विश्वव्यापी प्रतियोगिता पनि आयोजना गर्ने गरेको छ। नेपालमा ट्रयाक निर्माणले हरेक वर्गका युवाहरुमा साईकलिङको पहुँच बढाएको छ भने अवसर पनि सृजना गरेको छ । स्थानीय तहहरुले यस्ता खेल संरचनाहरु निर्माणमा ध्यान दिन सके नयाँ पुस्तालाई शारिरीक रुपले सक्रिय बनाउन सकिन्थ्यो कि ?

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);