काठमाडौं । अब राहदानीको आवेदनका लागि ‘अपोइमेन्ट डेट’बुकिङ साढे ३ बजेपछि मात्र गर्न सकिने भएको छ ।
गत साउनदेखि बिहान ११ बजे ‘अपोइन्टमेन्ट डेट’बुकिङ खुल्ला हुँदै आएकोमा राहदानी विभागले आजदेखि साढे ३ बजेदेखि मात्रै खुल्ला गर्ने भएको हो ।
विभागले बिहान ११ बजे सर्भरमा उच्च चाप देखिएपछि समय परिवर्तन गरेको जनाएको छ ।