सरकारमा जाने नजाने छलफलमै छौँ: रवि लामीछाने | ईमाउण्टेन समाचार

Our Network

साउन २९ २०८३, शनिबार

सरकारमा जाने नजाने छलफलमै छौँ: रवि लामीछाने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेको अवस्थालाई नजिकबाट नियालेको बताएका छन् ।

निर्वाचन आयोगले सोमबार राखेको जलपान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संसदीय दलका नेता समेत रहेका लामिछाने भने, ‘मुद्दा सम्बोधन हुने निश्चितताका आधारमा सरकारमा जाने नजाने निर्णय गर्नेछौं । हाम्रो एजेण्डा सम्बोधन हुने अवस्था आयो भने एउटा अवस्था होला, नभए सरकारमा जानुको अर्थ हुदैँन हामी छलफलमा छौं ।’ साथै उनले आफूहरुको सहभागिता विना सरकार नै नबने अवस्था नरहेको बताए । यद्दपी आफुहरुबिना सरकार बन्न नसक्ने अवस्था भएमा मुलुक अनिर्णय बन्दी बन्न नदिने उनले बताए । ‘मुलुक अनिर्णय बन्दी बन्न हुँदैन् । हामीहरु छलफलको क्रममा रहेका छौं,’ उनले भने ।

 

Leave a Reply

ताजा समाचार