गठबन्धनमा गडबड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

गठबन्धनमा गडबड

काठमाडौं। केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपालले हातेमालो गरेर निर्माण गरेको गठबन्धन चुनाव सकिएर अहिलेसम्म टिकेको छ । स्थानीय चुनावमा पनि गठबन्धन गरेरै बढे, प्रतिनिधि सभा र प्रदेश सभामा पनि गठबन्धन गरेरै बढे नेताहरु । अब सत्ता संघर्ष र शक्तिबाँटफाँटको विषयले गडबडी ल्याउन थालेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री दाबी गर्नु र प्रचण्डले आलोपालोको विगत समझदारी सम्झाएर आफू प्रधानमन्त्री बन्ने अभिव्यक्ति दिनुले कम्पन ल्याएको छ । देउवा र प्रचण्डबीच सिधा टकराव देखिन थालेको छ । यसलाई दृष्टिगत गरी नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले सतर्क हुन नेताहरुलाई सुझाएका छन् ।

गठबन्धनको भविष्यबारे पनि अनेकन प्रश्नहरु उठ्न थालेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइबार प्रधानमन्त्री पदमा दाबी गर्न एक साताको समय दिनुभयो । यो सँगै सत्ताको जोडघटाउ मिलाउन नसकेका दलहरु बढी आत्तीएका छन् । राष्ट्रपतिले दिएको समयमा सरकार बनाउन गठबन्धनलाई सकस पर्ने देखिन्छ ।

निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसले बुधबार संसदीय दलको निर्वाचन गर्दैछ । अन्य पार्टीका संसदीय दलको नेता सर्बसम्मत भइसक्दा कांग्रेसमा भने यसैका लागि रस्काकस्सी हुने देखिएको छ ।
ज्योतिसीले सात पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेका शेरबहादुर देउवा कुनैपनि हालतमा कांग्रेस नेतृत्वमा सरकार बनाएर आफु प्रधानमन्त्री बन्न चाहनुहुन्छ । यसकालागि उहाँ संसदीय दलको नेता बन्नुपर्छ । उहाँले यसकालागि भरपुर तयारी गर्नुभएको छ । उहाँले नवनिर्वाचित सांसदलाई बालुटारमा बोलाएर मन्त्री बनाउने आस्वासन दिनुभएको बुझिएको छ । यद्दपी केही युवा सांसदहरुले अन्तीम समयमा आएर आफुलाई धोका दिने हुन की भन्ने डर देउवामा देखिन्छ । यसकारण पनि केहि दिन यता देउवालाई यसैको चटारो छ ।

देउवा आफ्ना सांसद भेटघाटमा व्यस्त भइरहँदा गठबन्धन भित्रै रहेका दलका नेतृत्व भने बिभिन्न अभिव्यक्ति दिदै हिडेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भित्री सहमतीको खुलासा गर्नुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच दलीय गठबन्धनभित्र आलोपालो प्रधानमन्त्री हुने सहमति भएको खुलासा गर्नुभएको हो । चितवन पुगेर उहाँले गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीमा सहमति भएको खुलासा गर्नुभएको हो ।

गठबन्धन बनाउँदा आलोपालो प्रधानमन्त्री हुने अलिखित सहमति भएको दाबी गर्नुुभएका प्रचण्डले चुनावपछि आफूलाई प्रधानमन्त्री बनाउने विषयमा गठबन्धनभित्र छलफल भएको दाबी गर्नुभएको छ ।
साथै, नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले गठबन्धनकै सरकार बन्ने आशा गरेको बताउनु भएको छ । सँगसँग उहाँले गठबन्धनका अन्य दललाई धम्की समेत दिनुभएको छ । सोमबार भएको एक कार्यक्रममा उहाँले गठबन्धन दलका अरु पार्टी र पार्टीभित्रका नेताहरुमा अहंकार छ भने, उनीहरुलाई चाहिएको छैन भने जस्तो परिस्थिति आइलाग्छ, त्यसको सामना गर्न आफु तयार रहेको अभिव्यक्ति दिनुभएको हो ।

यसरी गठबन्धनमै रहेका दलको नेतृत्वबाट शंकास्पद अभिव्यक्ति आउन थालेपछि गठबन्धन भित्र केहि गडबड भएको बुझीएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);