यीनको नेतृत्वमा बन्न सक्छ सरकार, के हुन् सम्भावनाहरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

यीनको नेतृत्वमा बन्न सक्छ सरकार, के हुन् सम्भावनाहरु

काठमाडौं, ४ पौष । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार निर्माणका लागि पौष १० साँझसम्मको समय दिएपछि दलहरुको सक्रियता बढेको छ । कुनै एक दलको बहुमत नभएकाले राष्ट्रपतिले आव्हान गरेबमोजिम दलहरु बहुमत पुर्याउन सक्रिय भएका छन् ।

नेपाली काँग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुवै दाबी गरी विभिन्न दलहरुसँगको छलफलमा सक्रिय छ । उसले पहिलो प्राथमिकता गठबन्धनबाटै सहमति निकालेर सरकारको नेतृत्व लिन खोजेको छ । गठबन्धनले मात्र बहुमत पुग्दैन । उसले साना दल र स्वतन्त्रको समेत सहमति निकाल्न खोजेको देखिन्छ ।

नेपाली काँग्रेसको ८९, माओवादी केन्द्रको ३२, नेकपा एसको १०, लोसपाको ४ र जनमोर्चाको १ गरी १३६ सिट पुग्छ । बहुमतका लागि दुई सिट पुर्याउन स्वतन्त्र वा जनमत वा नागरिक उन्मुक्तिमध्येबाट साथ भए पुग्छ ।

काँग्रेसले गैरकम्युनिस्टको पनि सरकार निर्माणको सम्भावनासहित सक्रियता बढाइरहेको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत, लोसपा र नागरिक उन्मुक्ति समेत सामेल हुनसक्छन् ।

काँग्रेस र एमाले मिलेर भारी बहुमतको सरकार बनाउन सक्छन् । तर, त्यस्तो सम्भावना कमजोर छ ।

कम्युनिस्टहरु एकजुट भए साना दललाई पनि साथमा लिएर सरकार गठन गर्ने सम्भावना नभएको होइन । एमालेको ७८, माओवादीको ३२, एसको १०, जनमोर्चाको १ गरी कुल १२१ सिट छ । बहुमतका लागि १७ सिट आवश्यक पर्छ । जसपा, लोसपा र स्वतन्त्र वा रास्वपाले मात्र साथ दिदा पनि पुग्छ । राप्रपा पनि यस्तो गठबन्धनमा सामेल हुने सम्भावना छ ।

सरकार निर्माणको सम्भावनालाई केलाउँदा शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल र केपी शर्मा ओलीमध्येबाटै कुनै एकले बाजी मार्ने सम्भावना बलियो छ । तत्काल रवि लामिछाने, राजेन्द्र लिङ्देन वा अर्को कुनै साना दलको नेताको सम्भावना न्यून छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);