बर्षभरी दुःख गर्ये, फाइदा अर्कैलाई | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

बर्षभरी दुःख गर्ये, फाइदा अर्कैलाई

टिका खतिवडा । १ चैत्र, इलाम । इलामका हरेक किसानको बारीभरी तरकारी छ । तर, तरकारीको उचित मुल्य नपाएपछि किसानहरु मार्कका परेका छन् ।

बर्षभरी दुःख गर्ये

टिका खतिवडा । १ चैत्र, इलाम । इलामका हरेक किसानको बारीभरी तरकारी छ । तर, तरकारीको उचित मुल्य नपाएपछि किसानहरु मार्कका परेका छन् । बारीभरी किसानले तरकारी फलाएर घरैबाट बेचेपनि आफुले बास्तविक मूल्य नपाएको उनिहरुको गुनासो छ । इलाममा तरकारी फलाउने किसानभन्दा भन्दा पनि तरकारी नफलाउनेले नाफा कमाइ खाने गरेका छन् । जसले कृषि फसलको व्यापारमा बिचौलीयाको काम गर्छन् ।

कृषकबाट न्यूनतम मूल्यमा फसल लिन्छन् र स्थानीय बजारसँगै तराईको बजारमा खुद्रा बिक्री गर्छन् । अहिले प्राय किसानको बारीमा इस्कुस प्रसस्त पाइन्छ । तर, यहाँका धेरै किसानले आफूले उत्पादन गरेको इस्कुस बेच्न पाउदैनन् । न्यून मूल्यमा इस्कुस विक्री गर्नुभन्दा किसानले गाईबस्तुको खोले बनाउन प्रयोग गर्छन् । बजारमा ३० रुपैयाँ प्रतिकिलो भन्दामाथि पर्ने इस्कुसको दाम किसानले तीनदेखि पाँच रुपैयाँसम्म मात्र पाउँछन् । गाउँका किसानलाई फसलको बास्तविक मूल्य समेत थाहा हुँदैन् । इस्कुस फलाएर बिक्री गर्नेले भन्दा बिचौलियाले बढी आम्दानी लिने भएकाले फसल उठाउँदाको रोज पनि नबसेको उनिहरुको गुनासो छ । बजारमा रायोको सागको भाऊ एक मुठाको २५ रुपैयाँदेखि ४० रुपैयाँसम्म पर्छ ।

बजारमा यति महङ्गो मूल्यमा किनबेच हुने रायोको सागलाई बारीमा भने १० रुपैयाँ भन्दा कम पर्छ । जुनसुकै सिजनहोस रायोको भाउ प्रतिमुठा १५ रुपैयाँ भन्दा कम हुँदैन । इस्कुस, साग मात्रै होइन, काँक्रा, आलु, कोपी, खुर्सानी, टमाटर, मटरकोसा, मुला, फर्सी, फलाउने किसानको हातमा पनि थोरै मूल्य मात्र पर्छ । गाउँबाट दिनहुँ तरकारीका गाडी बिहानै स्थानीय बजारसँगै तराईका बजारहरुमा पुग्छन् । उत्पादकले थोरै मूल्यमा बिक्री गरेको तरकारी उपभोक्ताको भान्सासम्म पुग्दा छोइनसक्नु महङ्गो भएको हुन्छ । त्यसबाट बिचौलियाले भने मनग्ये नाफा कमाउँछन् ।

जिल्लाबाट ४० हजार ७ सय २४ मेट्रिक टन तरकारी निर्यात हुने जिल्ला कृषि विकास कार्यालय इलामको तथ्याङ्क छ । जसमध्ये तरकारी बिक्रीबाट मात्र एक अर्ब ४२ करोड ५३ लाख भन्दा बढी रकम भित्रिने गरेको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लामा ४५ हजार दुई सय ४९ मेट्रिक टन तरकारी उत्पादन हुन्छ । बजारमा गएको नमूना अध्ययन् गरेर तरकारीको आम्दानी निकाल्नेको हातबाट कार्यालयले आम्दानीको कति रकम किसानले पाउँछन् भनेर अहिलेसम्म अध्ययन् हुने गरेको छैन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);