काठमाडौं । अर्जेन्टिनाको ३६ वर्षदेखि विश्व फुटबलको च्याम्पियन जित्ने सुपरहिरो लियोनल मेस्सी बनेका छन् । ३८ वर्षीय फुटबलरले आइतबार आफ्नो टोलीलाई तेस्रोपटक विश्व च्याम्पिएन बनाएका छन ।
विश्वकप फुटबल २०२२ को अर्जेन्टिना विजेता बन्दा उपविजेता फ्रान्स भएको छ । मोरक्कोलाई २ गोलले पराजित गर्दै क्रोएसिया तेस्रो हुन सफल भएको छ । त्यसैगरी, युवा खेलाडी अवार्ड अर्जेन्टिनाका एन्जो फनान्डीजले पाएका छन् ।
उत्कृष्ट गोलकिपर गोल्डेन ग्लोब अवार्ड अर्जेन्टिनाका एमिलानो मार्टिनिज भएका छन भने विश्वकप फुटबल २०२२ को सर्वाधिक गोलकर्ता गोल्डेन बुट अवार्ड फ्रान्सका केलियन एम्बाप्पे भएका छन् । त्यस्तै सर्वोकृष्ट खेलाडीमा गोल्डेन बल अवार्ड लियोनल मेस्सी भएका छन ।
फेयर प्ले अवार्ड इङ्ग्ल्याण्डले पाएको छ ।