बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट, कसले कति पाए शेयर ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट, कसले कति पाए शेयर !

काठमाडौं, ३ पुस । बाराही हाइड्रोपावर कम्पनीले आईपीओ बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निस्काशन तथा विक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले आज बिहान आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले जारी गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेको थियो । निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले ५१ हजार ५२२ जनाले गोलाप्रथाबाट शेयर पाएका छन् ।

७ लाख कित्ता सेयर सार्वजनिक निस्काशनको लागि धितोपत्रबाट स्वीकृत पाएअनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ५० हजार कित्ता शेयर छुट्याएको थियो ।

कम्पनीले उक्त शेयरबाट ५ लाख ५४ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रि खुल्ला गरेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);