काठमाडौं, ३ पुस । बाराही हाइड्रोपावर कम्पनीले आईपीओ बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निस्काशन तथा विक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले आज बिहान आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले जारी गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेको थियो । निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले ५१ हजार ५२२ जनाले गोलाप्रथाबाट शेयर पाएका छन् ।
७ लाख कित्ता सेयर सार्वजनिक निस्काशनको लागि धितोपत्रबाट स्वीकृत पाएअनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि २ लाख ५० हजार कित्ता शेयर छुट्याएको थियो ।
कम्पनीले उक्त शेयरबाट ५ लाख ५४ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रि खुल्ला गरेको थियो ।