बर्दिया,३ पुस । जबरजस्ती करणी गरेको अभियोगमा एक पुुरुष पक्राउ परेका छन । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी गाउँपालिका(६ दाङपुर दमौली बस्ने ४८ वर्षीय मेघराज अधिकारीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
ती किशोरीलाई अधिकारीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।