काठमाडौं, २ पुस । अख्तियारले स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधी तहमा अध्ययनरत विद्यार्थीहरुबाट आवेदन माग गरेको छ । अख्तियार दुुरुपयोग अनुसन्धान आयोगले विद्यार्थीहरुलाई भ्रष्टाचार नियन्त्रण तथा शुुसाशन प्रवद्र्धनका क्षेत्रमा अनुसन्धान गर्नका लागि आवेदन दिन आह्वान गरेको हो ।
आयोगले स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधी तहमा अध्ययनरत दुई दुुईजना विद्यार्थी गरी ६ जना शोधार्थीहरुलाई क्रमशः १ लाख, १ लाख ५० हजार र २ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने जानकारी दिएको छ ।
सुचना प्रकाशित भएको मितिले ४५ दिनभित्र आयोगको वेबसाइटमा अनलाइन आवेदन दिन आग्रह गरेको हो । आवेदक विश्वका कुनै पनि देशका मान्यताप्राप्त विश्वविद्यालय तथा तिनीहरुका आंगिक क्याम्पसहरुमा अध्ययनरत रहेको हुनुपर्नेछ ।