काठमाडौँ । फिफाले क्लब विश्वकपको आयोजना गर्ने भएको छ । फिफाका अध्यक्ष गिआनी इन्फान्टिनोले २०२५ देखि ३२ क्लबलाई सहभागी गराएर क्लब विश्वकपको शुरुवात गर्ने घोषणा गरेका हुन् ।
फिफाको पत्रकार सम्मेलनमा अध्यक्ष इन्फान्टिनोले २०२५ मा हुने क्लब विश्वकप बारे जानकारी दिएका हुन् ।
अहिले हुने क्लब विश्वकपमा आयोजकसहित ७ टिम मात्र सहभागि हुने गरेका छन् ।
फिफाको यस निर्णयले फुटबलको क्रेज अझँ बढ्ने अनुमान गरिएको छ ।