बटुक राज गिरि \ माउन्टेन टेलिभिजन अचडि ।
काठमाडौँ , पौष ०१ । निर्वाचनपछि राज्यका महत्वपूर्ण प्रमुख पदमा नयाँ व्यक्तिको चयनका लागि ढोका खुलेको छ।
मुलुकको कार्यकारी पद प्रधानमन्त्रीका लागि एकथरी नेताहरुको दौडधुप चलिरहँदा राष्ट्रपतिका विषयमा पनि नेताहरुले विस्तारै मुख खोल्न थालेका छन् ।
योसंगै राष्ट्रपति पदमा गैरदलीय व्यक्तिलाई ल्याउनेसम्मको चर्चा चल्दा अबको राष्ट्रपति को बन्ला भन्ने चासो सबैमा बढेको छ।