पूर्वी पहाडी जिल्लामा पनि हर्षोउल्लासका साथ मनाइयो होली | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

पूर्वी पहाडी जिल्लामा पनि हर्षोउल्लासका साथ मनाइयो होली

टिका खतिवडा । २९ फाल्गुन, इलाम । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रंग्हरुको पर्व फागुपूर्णिमा, पूर्वी पहाडी जिलहरुमा पनि धुमधामका साथ मनाईएको छ । पूूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुुङ लगायतका जिल्लाहरुमा फागुपूर्णिमा हर्षोउल्लासकासाथ मनाइयो ।

पूर्वी पहाडी जिल्लामा पनि हर्षोउल्लासका साथ मनाइयो होली

टिका खतिवडा । २९ फाल्गुन, इलाम । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने रंग्हरुको पर्व फागुपूर्णिमा, पूर्वी पहाडी जिलहरुमा पनि धुमधामका साथ मनाईएको छ । पूूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुुङ लगायतका जिल्लाहरुमा फागुपूर्णिमा हर्षोउल्लासकासाथ मनाइयो । पहाडी जिल्लाहरुमा तराईमा भन्दा एक दिन पहिले होली मनाइन्छ । असत्यमाथि सत्यको जीत तथा वसन्त ऋतुको आगमनको खुसियालीमा फागु पूर्णिमा मनाउने गरिन्छ ।

सत्ययुगमा भगवान विष्णुका भक्त प्रह्लादलाई मार्न लाग्दा होलिका आफै जलेर नष्ट भएको भन्ने धार्मिक विश्वासका साथ यो पर्व  मनाउने गरिन्छ । पहाडि जिल्ला र तराईका जिल्लामा फरक–फरक दिन होली मनाउने प्रचलन छ । पूर्वी पहाडी जिल्लाहरुमा पनि धुमधामका साथ होली पर्व मनाइयो ।

पछिल्लो समय होलीका नाममा हुने विकृति हटाउन युवा पुस्ता सचेत भएका छन् । उनीहरुले होलीमा प्रयोग हुने रंग र पानीमा रसायनीक पदार्थ नमिसाउन र मदिराजन्य पदार्थ सेवन नगर्न आग्रह समेत गरेका छन्  । होली खेल्ने दिनभन्दा एक दिन पहिला राति होलिका दहन गरिन्छ ।

धार्मिक आस्था र संस्कृतीक पर्वका रुपमा मनाइने होली पर्वलाई विकृत बनाउन नहुने युवाहरुको भनाइ छ । होली रंगहरुको पर्व हो । त्यसैले यस पर्वलाई रंगिन रुपमा नै मनाउने गरिन्छ । तर कसैको इच्छा विपरित रंग दल्ने पानी छ्याप्ने जस्ता क्रियाकलाप भने गैह्रकानुनी हो । यस तर्फ भने सवै सचेत हुन जरुरी छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);