अल्पमतमा कम्युनिस्ट शक्ति, कहाँ थिए कहाँ पुगे ? ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

अल्पमतमा कम्युनिस्ट शक्ति, कहाँ थिए कहाँ पुगे ? ( भिडियो रिपोर्ट )

बटुकराज गिरी , माउन्टेन टेलिभिजन एचडि ।

काठमाडौं, २६ मंसिर : कम्युनिस्ट पार्टीहरुले यसपटकको चुनावमा धक्का खाएका छन् । नेकपा एमाले प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलबाट दोस्रो स्थानमा झरेको छ । नेकपा माओवादी केन्द्र तेस्रो स्थानमै रहेपनि सिट संख्या ह्वात्तै घटेको छ। एमालेले २०७४ को चुनावमा १२१ सिट जितेकोमा यसपटक ४३ सिट गुमाएर ७८ मा सिमित भएको छ।

माओवादीले अघिल्लो चुनावमा ५३ सिट जितेकोमा यसपटक २१ कम जित्दै ३२ मा सिमित भएको छ। एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले प्रत्यक्षतर्फ १० सिट जितेपनि राष्ट्रिय पार्टी बन्न सकेन । राष्ट्रिय जनमोर्चा र नेमकिपाले अघिल्लो चुनावमा जति नै प्रत्यक्षतर्फ १–१ सिट जिते । सबै कम्युनिस्ट पार्टीको प्रतिनिधि सभामा सिट जोड्दा १२२ पुग्छ। जुन सिट अघिल्लो चुनावमा एमालेले जितेकोभन्दा एक सिट मात्र बढी हो । यसबाट कम्युनिस्टहरु अल्पमतमा परेको स्पष्ट छ।

कम्युनिस्ट पार्टीहरुले यसपटकको चुनावमा धक्का खानुमा फुटकै असर देखिन्छ । विगतमा एमाले र माओवादी केन्द्र मिलेर चुनाव लड्दा बहुमत ल्याउन सकेका थिए । पछि दुवै पार्टीबीच एकीकरण भई नेकपा बन्यो । तर, नेकपा फुट्यो । फुटेर बनेको एमाले फेरि फुटेर नेकपा एस बन्यो । फुटपछि फुटले चुनावी परिणाममा पनि असर परेको देखिन्छ । फुटको असर परेको भन्दै कम्युनिस्ट एकता वा सहकार्यमा जोड दिदै एकाथरी नेताहरुले सक्रियता बढाएका छन् । कम्युनिस्ट पार्टीका नेताहरुबीचको भेटघाट पनि बाक्लिएको छ। तर, सरकार गठनका लागि कम्युनिस्ट पार्टीहरु मिल्दा पनि संख्या पुग्न सक्दैन ।

२०७४ को चुनावबाट इतिहासमा पहिलोपटक कम्युनिस्टहरुले बहुमत ल्याएर दुई तिहाईको सरकार पनि चलाए । तर, आफैभित्रको अन्र्तद्वन्द्वले विभाजित भए । यसको असर यसपालीको चुनावी परिणाममा देखिइसकेको छ। अबको राजनीतिमा कम्युनिस्ट पार्टीहरु यसरी नै ओरालो लाग्लान् कि उकालो लाग्लान् प्रतिक्षा बनेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);