बागमती जस्तै अब राजनीतिको पनि सुद्विकरण आवश्यकः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

बागमती जस्तै अब राजनीतिको पनि सुद्विकरण आवश्यकः प्रधानमन्त्री

राजधानीको इतिहाससँग जोडिएको बागमती सभ्यता संरक्षणका लागि सरकारले आवश्यक कदम चाल्ने प्रधानमन्त्रीको प्रतिवद्वता, राजनीतिमा पनि सुद्विकरण आवश्यक रहेको भनाई

बागमती जस्तै अब राजनीतिको पनि सुद्विकरण आवश्यकः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल राजनीतिमा पनि सफाई अभियान चाल्नुपर्ने बेला आइसकेको बताउनुभएको छ ।

शनिबार राजधानीको शंखमुलमा बागमती नदी सरसफाई अभियानको दुई सयौं हप्ता पुगेको उपलक्ष्यमा आयोजित पदयात्रा कार्यक्रममा प्धानमन्त्री दाहालले राजनीतिमा पनि सुद्धिकरण आवश्यक रहेको बताउनुभयो । उहाँले संविधान संशोधन र स्थानीय तहको निर्वाचन पश्चात् राजनीतिमा पनि ठोस परिवर्तन देखिने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले नेपालको सभ्यतासँग जोडीएका नदीनालाको संरक्षण र सफाइका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्वता जनाउनुभयो । उहाँले राजधानी काठमाडौंसँग जोडीएको बागमती सभ्यतालाई जीवन्त राख्नका लागि आम जनताले देखाएको चासोबाट आफु पनि उत्साहित भएको बताउनुभयो । उहाँले बागमती संरक्षणका लागि कार्ययोजना सहित अघि बढ्न पनि सरोकारवाला निकायलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा पुर्व मुख्य सचिव एवं बागमती सफाई अभियानका अभियन्ता लिलामणी पोखरेलले अबको केही वषर्् भित्रै बागमतीले पुरानै स्वरुप लिने बताउनुभयो । १५ वटा मुख्य र ३ वटा सहायक स्थानमा एकसाथ कार्यक्रम सुरु गरिएको सफाई अभियान र पदयात्रामाा १ लाखभन्दा बढीको उपस्थिति रहेको आयोजकले दाबी गरेको छ । यसअघि सरकारले २८ चैत्र २०७१ मा १०० औं हप्ता पुगेको अबसरमा सुन्दरीजलदेखि चोभारसम्म करिब २८ किलोमिटर लामो मानव साङग्लो बनाइएको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);