भेनेजुएलाका राष्ट्रपतिलाई ड्रोन हमला गर्नेलाई ३० वर्ष जेल सजाय | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८२, बुधवार

भेनेजुएलाका राष्ट्रपतिलाई ड्रोन हमला गर्नेलाई ३० वर्ष जेल सजाय

कारकस। सन् २०१८ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई लक्षित गरी असफल ड्रोन आक्रमणमा संलग्न तीन जनालाई ३० वर्षको जेल सजाय सुनाइएको छ। मारिया डेलगाडो ताबोस्की, सेवानिवृत्त सेना प्रमुख जुआन कार्लोस मारुफो र सेवानिवृत्त कर्णेल जुआन फ्रान्सिस्को रोड्रिग्वेजलाई “आतंकवाद, देशद्रोह र आपराधिक षड्यन्त्र“ को आरोपमा दोषी ठहराइएको  उनीहरुका परिबारले बताएका छन् ।

आपराधिक सुनुवाइ बिहीबार राति सुरु भएको र शुक्रबार बिहानसम्म चलेको परिवारका सदस्यले बताएका छन् ।

४८ वर्षीय डेलगाडो ताबोस्कीसँग भेनेजुएला र स्पेनको दोहोरो नागरिकता छ र उनी संयुक्त राज्य अमेरिकामा बस्ने ओस्मान डेलगाडो ताबोस्कीकी बहिनी हुन्।

Leave a Reply