विश्व इतिहासमा आज भएका केही घटनाक्रम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

विश्व इतिहासमा आज भएका केही घटनाक्रम

आज सन् २०२२ को ८ डिसेम्बर । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाक्रम

सन् १९९१ मा बेलाभेज सम्झौतामा हस्ताक्षर भएको थियो । भेलाभेज सम्झौतामा रुसमाथिको प्रतिबन्ध हटाएर राष्ट्रमन्डल देश घोषणा गरिएको थियो । सन् १९९१ मा रोमानियाको संविधान कार्यान्वयनमा आएको थियो । जनमत संग्रहमार्फत पारित भएपछि ४२ वर्षको कम्युनिस्ट शासनपछि रोमानियामा प्रजातन्त्र आएको थियो ।

प्यालेस्टाइनको भूमिमा इजरायलको अतिक्रमणविरुद्ध सन् १९८७ मा पहिलो पटक प्यालेस्टाइनमा आन्दोलन भएको थियो । इजरायलको सेनाको ट्रकले एउटा कारमाथि हमला र चार सर्वसाधरणको  हत्यासँगै इजरायली अतिक्रमण सुरु भएको थियो ।  सन् १९९३ मा हिंसा समाप्त भएको थियो । प्यालेस्टाइन र इजरायलबीच सन्२००० मा दोस्रो चरणको हिंसा भएको थियो ।
सन् १९४१ मा अमेरिका औपचारिक रुपमा दोस्रो विश्वयुद्धमा प्रवेश गरेको थियो । डिसेम्बरमा जापानको जलसेनाले हवाईस्थित पर्ल बन्दरगाहको पनडुब्बी इलाकामा हमला गरेको थियो । सोही हमलापछि अमेरिका पनि दोस्रो विश्व युद्धमा तानिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);