पाल्पा, ४ पुस । नेपाल दलित संघका केन्द्रीय सदस्य ६२ वर्षीय भरत परियारको निधन भएको छ ।
काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका परियारको गएराति ११ः३० बजे आफ्नै निवास पाल्पाको तानसेनमा निधन भएको हो । परियार क्यान्सर रोगबाट ग्रसित थिए ।
उनको पार्थिव शरीरमा काँग्रेस जिल्ला कार्यसमिति पाल्पाले पार्टीको झण्डा ओढाएर मंगलबार दिउँसो माल्यार्पण गरिने कार्यक्रम रहेको छ ।