राष्ट्रपति बन्न सक्छु : पूर्वप्रधानमन्त्री खनाल (भिडियो अन्तवार्ता) | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८३, शनिबार

राष्ट्रपति बन्न सक्छु : पूर्वप्रधानमन्त्री खनाल (भिडियो अन्तवार्ता)

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपति बन्न सक्ने बताउनुभएको छ। माउन्टेन टेलिभिजनको कार्यक्रमआजको सन्र्दभमा बोल्दै खनालले गठबन्धनबाट प्रस्तावआए पछि नहट्ने बताउनुभयो।

देशको लागि आफ्नो नेतृत्व आवश्यक रहेको र अझै पनि काम गर्ने हुट हुटी भएकाले थकाई नमार्ने स्पष्ट पार्नुभयो। खनालले काँग्रेसले आफूलाई हराउने खेल खेलेको आरोप लगाउनुभयो । इलामका जनताले आफूलाई जिताउन चाहेपनि कांग्रसी हुँ भन्नेहरुले हराउन खेल खेलेको आरोप लगाउनुभयो । चुनावको परिणाम पछि बामएकताको चर्चा चले पनिविश्वास गरिहाल्न नसकिने बताउनुभयो । विगतमा पनि बाम एकताको हल्ला चलेपनि असली बाम पत्ता नलाग्दा बाम एकताको सन्र्दभ नदेखिएको उहाँको भनाई छ।

आफ्नो पार्टी राष्ट्रिय पार्टी नबन्दा खासै फरक नपर्ने बताउनु भयो । जनताको मतलाई स्वीकार्दै पार्टीको मतपरिणामका विषयमा समिक्षा गर्ने उल्लेख गर्नुभयो ।

Leave a Reply