काठमाडाैं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभएको छ । चीनको भ्रमण सकेर शनिबार स्वदेश फर्किनुभएका पूर्वप्रधानमन्त्री खनालले पूर्वराष्ट्रपति भण्डारी वामपन्थी एकताको महसुस गरेर राजनीतिमा फर्किनुभएको भए सकारात्मक रुपमा लिनुपर्ने बताउनुभएको हो ।
नेपालमा सबैभन्दा ठूलो वामपन्थी शक्ति एमालेनै रहेकाले एमालेले चाहेमा सबै वामपन्थीहरुलाई एकतावद्ध गर्न सक्ने उहाँको भनाइ छ । उहाँले एमालेले एकीकृत गर्न नचाहेकै कारण वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको आरोप लगाउनुभयो ।
पूर्वप्रधानमन्त्री खनालले नीतिगत निर्णयमा अख्तियारले प्रवेश गर्नु जायज भएको बताउनुभयो । राज्यले बनाएको संविधान बमोजिम बनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय, प्रान्तीय र स्थानीय जुनसुकै सरकारले गरेको निर्णयहरु भएपनि अनियमितता पाइए छानबिन हुनैपर्ने उहाँको भनाइ छ ।
पूर्वप्रधानमन्त्री खनालले देशमा भ्रष्टाचारसँग सम्बन्धित प्रश्नहरुको निवारण अख्तियारको पहलमा सम्बन्धित अदालतमार्फत् निरुपण हुनुपर्नेमा जोड दिनुभयो ।





