प्रचण्ड प्रधानमन्त्री बन्दै, डा.भट्टराई राष्ट्रपति बन्ने दाबी, नेता आचार्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८२, आइतबार

प्रचण्ड प्रधानमन्त्री बन्दै, डा.भट्टराई राष्ट्रपति बन्ने दाबी, नेता आचार्य

खगेन्द्र बिस्त ,मोउन्तैन टेलिभिजन। नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले देशमा स्थिरता र विकासका लागि पार्टी अध्यक्ष पुष्पकमल दहालको नेतृत्वमा सरकार बन्ने दाबी गर्नुभएको छ। माउण्टेन टेलिभिजनको माउण्टेन संवाद कार्यक्रमा सचिव आचार्यले आम जनतामा नेतृत्वले जनचाहनाअनुसार काम गर्न नसकेको गुनासो बढ्नु स्वभाविक भएको टिप्पणी गर्नुभयो ।

अहिलेको परिस्थितिबाट राज्यलाई छुट्करा दिन र आम जनतामा नेतृत्वमाथि बढ्दै गएको अविश्वास तोड्नको लागि कम्तिमा तीन बर्ष अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बन्नु पर्ने उहाँको तर्क छ।

सचिव आचार्यले माओवादी नेता कार्यकर्ताहरुमा वामपन्थी आचरण खस्किँदै गहिरहेकाले यस पटकको आम निर्वाचनमा मतदाताले माओवादी केन्द्रलाई सिस्नो लगाएको बताउनु्भयो । यसको मतलब जनताले माओवादीलाई मन नपराएको नभई मतदाताले नेताहरु सुध्रिन मौका दिएको उहाँको भनाइ थियो । डा.बाबुराम भट्टराई राष्ट्रपति बन्ने कुरा सत्य हो भन्ने प्रश्नमा सचिव आचार्यले उहाँ राष्टपतिका लागि उपयुक्त उम्मेवादर भए पनि यस बारेमा पार्टी निर्णय गरिनसकेको प्रष्ट पार्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);