काठमाडौं, १५ मंसिर। नेकपा माओवादी केन्द्रका नेता खिमलाल देवकोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने जेल जान सक्ने बताउनु भएको छ । बुधबार माउण्टेन टेलिभिजनको कार्यक्रम समाज र सन्दर्भमा बोल्दै कानून व्यवसायी समेत रहनुभएका नेता देवकोटाले लामिछानेसँग विदेशी नागरिकता कायमै रहेको अवस्थामा झुटा विवरण पेश गरी चुनाव लडेकाले जेल जाने ठाकुवा गर्नुभयो । नेपालीनागरिक नभएको व्यक्ति सांसद बन्ननसक्ने कानूनीव्यवस्थाभएकोमा राज्यले खोजी गरी तत्काल मुद्दा दायर गर्नुपर्ने उहाँको तर्क छ।
फरक प्रसंगमाबोल्दै नेता देवकोटाले आमनिर्वाचनमा नेकपामाओबादी केन्द्रले पाएको जनमतको बारेमा छिट्टै पार्टीले समिक्षागर्न समेत बताउनुभयो।