बाजुरामा मतगणना सुरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बाजुरामा मतगणना सुरू

काठमाडौ। बाजुरामा बिहीबार अपराह्नदेखि मतगणना सुरु भएकाे छ। बिहीबार बसेकाे सर्वदलीय बैठककाे निर्णयअनुसार मतगणना सुरु गरिएकाे जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ।

गत मंसिर ४ गते भएको आम निर्वाचनका क्रममा भएको विवादका कारण हालसम्म मतगणना कार्य सुरू हुन सकेको थिएन। निर्वाचन आयोगको टोलीले निर्वाचनका क्रममा भए गरेका घटनाबारे जाँचबुझ गरी प्रतिवेदन पेस गरेपछि मतगणना गर्न आयोगले निर्देशन दिएको थियो ।

बुधबार नै आयोगले मतगणना गर्न निर्देशन दिए पनि दलहरू सहभागी नभएपछि मत गणना सुरु भएको थियो । बिहीबार भने दलहरुबीच सहमति भएपछि मतगणना सुरु गरिएकाे हाे।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);