रातो मच्छिन्द्रनाथको पाटीको बास (भिडियो रिपोर्टसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रातो मच्छिन्द्रनाथको पाटीको बास (भिडियो रिपोर्टसहित)

विसन्तर शाक्य, माउण्टेन टेलिभिजन । आफ्नै घर भएर पनि पाटीमा बस्नु परयो भने त्यो भन्दा ठूलो पीडा अरु के होला ? आज यो पीडा हामी जस्तो मानवले नभएर सहकाल र बर्षाको देवता बुंगद्यो अर्थात रातो मछिन्द्रनाथले पनि भोग्नु परेको छ । विगत ७ बर्षदेखि विश्व प्रशिद्ध रातो मछिन्द्रनाथको मन्दिर निर्माण हुन नसक्दा मूर्तिलाई पाटीमा राखिएको छ।

ललितपुरस्थित बुङमतिका स्थानीयवासीहरु करुणामयको यो पीडा देख्दा आत्माग्लानी भइरहेको भन्दै आफ्नै जीवनकालमा मन्दिरभित्र करुणामय वास बसेको हेर्न पाउँ भनेर कामना गरिरहेका छन । २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले ललितपुर महानगरपालिका–२२ बुङ्गमतीस्थित मच्छिन्द्रनाथको मन्दिरपूर्णरुपले भत्किएको थियो । मन्दिर पुनःनिर्माणको लागि मित्र राष्ट्र श्रीलंका सरकारको आर्थिक सहयोगमा प्रेरा भेगिम, थेगिस र तुलसी कन्सट्रक्शन जेभीले २ वर्षमा पूरा गर्ने गरी ४ करोड ७४ लाख ४५ हजार १६ रुपैयाँमा ठेक्का पाएको थियो ।

२०७५ साल फागुनको पहिलो सातासम्म यी तीन कम्पनीले काम गर्न नसकेपछि फागुन १३ गते थेगिसलाई हटाएर प्रेरा र तुलसी कन्सट्रक्शनलाई मन्दिर निर्माणको जिम्मेवारी दिइयो । ठेकेदारले पूर्वयोजना अनुसार मन्दिर पुनर्निर्माण अघि बढाउन नसकेपछि २०७६ सो ठेक्का तोडी उपभोक्ता समितिमार्फत् बनाउन पुरातत्व विभागबीच सम्झौता भएको थियो । सम्झौता अनुसार समितिले २०७८ असार १५ गतेभित्र ३ करोड ८ लाख रुपैयाँमा मन्दिरको पुनर्निर्माण गर्नु पर्ने थियो । तर मन्दिर पुननिर्माण सम्पन्न भएको छैन । हालसम्म कामगर्ने टहरा निर्माण, पहिलो चरणको काम सुधार्ने र ढोका मर्मत तथा जडान, काठको काम, ढुङ्गाका खम्बा तयारी गरि १ तल्ला निर्माण गरिएको छ । पुननिर्माणको सिलसिलामा हरेक चा देगमा प्रयोग हुने (टेराकोटा) ईटाको झ्याल, तोरण तयारी गरिंदैछ । तर गजुरको काम, घण्टा जडान, चारै दिशामा सिंहको जोडी राख्ने काम अझै बाँकी छ।

मन्दिरको पुनःनिर्माण विशिष्ट प्रकारको भएकाले काम गर्न गाह्रो तथा चुनौती भोग्नुपरेको उपभोक्ता समितिका अध्यक्ष अमिर शाक्य बताउनु हुन्छ।

स्थानीयवासी तथा उपभोक्ता समितिका पूर्व उपाध्यक्ष तथा पूजारी माणिक शाक्य सही व्यक्तिलाई जिम्मेवारी नदिंदा पुनर्निर्माणमा ढिलाई भइरहेको बताउनु हुन्छ । पूर्वउपाध्यक्ष श्री रातोमच्छिन्द्रनाथ पुनर्निर्माण उपभोक्ता समिति
ललितपुर महानगरपालिका वडा नम्बर २२ का वडाअध्यक्ष सागर तुलाधर आफूहरु सम्पूर्ण शक्ति लगाएर पुनर्निर्माण सम्पन्न गर्न लागिपरेको दाबी गर्नुहुन्छ।

विश्व प्रशिद्ध बुंगद्योको मन्दिर निर्माणमा भइरहेको ढिलाइको कारण जे जस्तो भए पनि यसले बुंगमतीको धरोहर,पहिचान र शान गुमाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);