ग्रेडरले किच्दा साइकलयात्रीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ग्रेडरले किच्दा साइकलयात्रीको मृत्यु

काठमाडौं। कैलालीको धनगढी उपमहानगरपालिका-५ हसनपुरस्थित सडक पिच गरिरहेको ग्रेडरले किच्दा एक किशोरीको मृत्यु भएको छ। साइकल चलाइरहेकी किशोरीको ग्रेडरले ब्याक गर्ने क्रममा किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा धनगढी-५ तारानगरकी १५ वर्षीय चेतना साउद हुन् ।

बिहीबार बिहान साढे १० बजेतिर सडक पिच गरिरहेको  ना१क ९७५ नम्बरको कालिका कन्ट्रक्सनको ग्रेडरले ब्याक गर्ने क्रममा साइकलयात्री साउदलाई ठक्कर दिँदा दुर्घटना भएकाे हो । ग्रेडर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);