सुनसरी-४ बाट कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८०, मंगलबार

सुनसरी-४ बाट कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की विजयी

सुनसरी। सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । सञ्चारमन्त्रीसमेत रहेका कार्कीले ३० हजार ४८३ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का जगदीश प्रसाद कुसियैतले ३० हजार ३७१ मत पाए । मन्त्री कार्की एमालेका कुसियैतसँग ११२ मतको झिनो अन्तरले विजयी भएका हुन् ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा यस क्षेत्रको मतगणना विवादका कारण केही दिन अवरुद्ध भएको थियो । बुधबारदेखि फेरि सुरु भएको मतगणनाको बिहीबार दिउँसो अन्तिम मतपरिणाम सार्वजनिक भएको हो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);