अछाममा तरुल कोर्न गएका एक बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८२, बुधवार

अछाममा तरुल कोर्न गएका एक बालकको मृत्यु

अछाम। अछाममा तरुल कोर्ने क्रममा ढुंगाले च्यापियर एक बालकको मृत्यु भएको छ। मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमाडाका पुरन भुलका माइला छोरा १४ वर्षीय गौतम भुलको खिमाडाको पडानी भन्ने ठाउँमा तरुल कोर्ने क्रममा ढुंगाले च्यापियर घटना स्थलमै मृत्यु भएको हो । आज दिउँसो दुई भाइसँगै तरुल कोर्न गएका र दाइको ठूलो ढुंगामा च्यापियर मृत्यु भएको प्रहरीले जनाएको छ। खान्छा भाइले खबर गर्दा गाउँमा थाहा भएको वडा अध्यक्ष नर बहादुर भण्डारीले बताए ।

मृतक बालक मंगला नेपाल राष्ट्रिय माद्यामिक विद्यालय ओलिगाउँमा कक्षा ५ मा अध्यानरत थिए ।

Leave a Reply