सम्मानजनक मत दिएकाेमा मतदातालाई धन्यवाद: हरिप्रसाद भुसाल | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

सम्मानजनक मत दिएकाेमा मतदातालाई धन्यवाद: हरिप्रसाद भुसाल

अर्घाखाँची। राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीबाट उम्मेदवार बनेका हरिप्रसाद भुसालले सम्मानजनक मत दिएकाेमा मतदातालाई धन्यवाद दिएका छन् । मंगलबार एक अभिव्यक्ति सार्वजनिक गर्दै उनले मतदाताकाे विश्वासका बाबजुत आफ्ना सपनाले हारेकाेमा भने दु:ख व्यक्त गरेका छन् ।  भुसालले तीन हजार दुई सय मत पाएका थिए । समानुपातिकमा भने आठ हजार नाै सय ५१ मत परेकाे छ । ‘पार्टी निर्माणकाे छाेटाे समयमा कुनै पनि सांगठनिक समिति निर्माण भईनसकेकाे अवस्थामा प्राप्त सम्मानजनक मतले हामीलाई स्वाभाविक रुपमा उत्साहित बनाएकाे छ ।’

भुसालले भनेका छन्, ‘तर, याे निर्वाचनमा पराजित हुँदै गर्दा अर्घाखाँचीका जनताले अनुभूति गर्नेगरी हामीले अगाडि सारेका सपनाहरू बिचल्ली हुने हुन की भन्ने चिन्ता पनि छ ।’

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);