निर्वाचनमा पराजयपछि ताइवानकी राष्ट्रपतिले दिइन पार्टी अध्यक्षबाट राजीनामा | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८३, शनिबार

निर्वाचनमा पराजयपछि ताइवानकी राष्ट्रपतिले दिइन पार्टी अध्यक्षबाट राजीनामा

ताइपेय। ताइवानकी राष्ट्रपति साई इङ–वेनले शनिबारको स्थानीय चुनावमा पराजय भोगेपछि आफ्नो सत्तारुढ दलको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन् ।‘चुनावको नतिजा सोचे जस्तो भएन । यसको सबै जिम्मेवारी मैले लिनुपर्छ र म तत्कालै डीपीपी अध्यक्ष पदबाट राजीनामा दिन्छु,’, उनले पत्रकारहरूलाई भनिन् ।  एक छोटो मन्तव्यमा उनले आफ्ना समर्थकहरुलाई धन्यवाद दिइन् ।वेन स्वशासित टापुको राष्ट्रपतिको रूपमा भने रहनेछिन् । साईले चुनावलाई ताइवानले कसरी आफ्नो लोकतन्त्रको रक्षा गर्छ भनेर विश्वले हेरिरहेको बताइन् ।

Leave a Reply