काठमाडौं । केलियन एमबाप्पेको दुई प्रेरित फ्रान्सले डेनमार्कलाई शनिबार राति २ -१ अन्तरले पराजित गर्दै कतार विश्वकपको प्रिक्वाटरफाइनल पक्का गरेको छ । पहिलो खेलमा अस्ट्रेलियामाथि ४- १ को जित हासिल गरेको साविक विजेता फ्रान्स दोस्रो खेलमा डेनमार्कलाई हराउँदै समूह ‘डी’ बाट एक खेल बाँकी रहँदै अन्तिम १६ प्रवेश गर्न सफल भएको हो । दोहास्थित रंगशाला ९७४ मा पेरिस सेन्ट जर्मन पिएसजीका फरवार्ड किलियन एमबाप्पेले ६२औं मिनेटमा फ्रान्सलाई अग्रता दिलाएका थिए । आन्द्रेस क्रिस्टेनसनको हेड गोलमार्फत ६९औं मिनेटमा डेनमार्क खेलमा फर्किएको थियो । तर, एमबाप्पेले समय सकिन चार मिनेट बाँकी रहँदा विजयी गोल गरे । दोस्रो विश्वकप खेल्दै गरेका एमबाप्पेको विश्वकपमा कुल गोलसंख्या सात पुगेको छ । फ्रान्सका लागि विश्वकपमा सर्वाधिक गोल गर्नेमा उनले जिनेदिन जिदानसँग बराबरी गरेका छन् ।फ्रान्सले ६ अंकका साथ एक खेलअगावै नकआउट चरणको टिकट काट्दा समूहबाट अन्तिम १६ पुग्ने दोस्रो टोलीको निर्णय बुधबार हुने समूह चरणको अन्तिम खेलबाट हुनेछ । समूह चरणको अन्तिम खेलमा फ्रान्सले ट्युनिसिया तथा डेनमार्कले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछन् ।
एमबाप्पे चम्किदा फ्रान्स एक खेलअघि नै प्रिक्वारटफाइलनमा
ताजा समाचार
रातो मत्स्येन्द्रनाथको रथ तान्न शुरु
१३ घन्टा अघि
प्रतिनिधि सभा नियमावलीमा विपक्षी दलको फरक मत
१३ घन्टा अघि
किसान भन्छन्ः केराको मूल्य बढाएका छैनौँ
१४ घन्टा अघि




