काठमाडौँ, २८ मंसिर। थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा जारी एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमारविरुद्ध नेपालका रित गौतमले शतक प्रहार गरेका छन् ।
जारी खेलमा नेपाली टोलीका कप्तान रितले ७५ बलमा सय रन पूरा गरेका हुन् । रितले १२ चौका प्रहार गरेका थिए । रित नेपाली यु–१६ को उमेर समूहमा शतक बनाउने पहिलो नेपाली खेलाडी बने ।




