काठमाडौंकाे कुन कुन स्थानमा हुँदैछ मतगणना ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८२, आइतबार

काठमाडौंकाे कुन कुन स्थानमा हुँदैछ मतगणना ?

काठमाडौं। काठमाडाैंकाे विभिन्न निर्वाचन क्षेत्रकाे मतगणना जारी छ। धेरैको चासोको क्षेत्रका रुपमा हेरिएकोे काठमाडौं जिल्लाका अधिकांश क्षेत्रको मतगणना चलिरहेको छ। १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा जान्नुहोस् कहाँ कहाँ मतगणना हुँदैछ। काठमाडौं क्षेत्र नम्बर १ को मतगणनम बानेश्वरस्थित सम्मेलन केन्द्रमा भइरहेको छ। क्षेत्र  नम्बर २ को कागेश्वरी मनोहरस्थित राधाकृष्ण मन्दिर, क्षेत्र नम्बर ३ को गोकर्णेश्वर नगरपालिका जोरपाटीस्थित चामुण्ड विद्यालय,  क्षेत्र ४ को बुढानिलकण्ठ चापलिस्थित ज्येष्ठ नागरिक भवनमा भइरहेकाे छ।

यस्तै, क्षेत्र नम्बर ५ को टोखास्थित समाज भवन, क्षेत्र नम्बरको ६ तारकेश्वर नगरपालिकास्थित धर्मस्थली,  क्षेत्र नम्बर ७ को बालाजुस्थित जुडो हल, क्षेत्र ८ को स्वयम्भूस्थित गीतामाता विद्यालय, क्षेत्र नम्बर ९ को रविभवनस्थित न्याथम कलेज र क्षेत्र नम्बर १० को मतगणना कीर्तिपुरस्थित त्रिवि समृति भवनमा भइरहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);