भारतबाट थप १ सय ७ मेगावाट विद्युत आयात गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

भारतबाट थप १ सय ७ मेगावाट विद्युत आयात गर्ने तयारी

bijuli

काठमाडौं, २७ मंसिर । सरकारले भारतबाट थप १ सय ७ मेगावाट विद्युत आयात गर्ने तयारी गरेको छ । हिउँदयामको माग धान्न समस्या हुने देखिएपछि नेपाल विद्युत प्राधिकरणले भारतसँग १ सय ७ मेगावाट विद्युत किन्न लागेको हो ।

मुलुकभर १३ सय ८० मेगावाट विद्युत माग छ । त्यसमध्ये पिक आवरमा सञ्चालन गर्न सकिने आयोजना र भारतबाट गरि १ हजार ३० मेगावट विद्युत आपूर्ति भईरहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

औद्योगिक वाहेकका क्षेत्रमा विद्युत आपूर्तिका लागि १ सय ७ मेगावट विद्युत आयत गर्ने तयारी गरिएको उनले बताए । भारतबाट ४ सय ७० मेगावट विद्युत ल्याउने लक्ष्य राखेको प्राधिकरणले अहिलेसम्म ३ सय ६३ मेगावट विद्युत आयत गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);