सांसद भए लगत्तै संसदीय दलको चुनावमा लाग्‍ने गगन थापाको घोषणा | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

सांसद भए लगत्तै संसदीय दलको चुनावमा लाग्‍ने गगन थापाको घोषणा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्‍ने बताएका छन् । मैतीदेवी केन्द्रमा मतदान गर्दै कांग्रेस महामन्त्री थापाले पार्टीको संसदीय दलको नेताका लागि तयारी थाल्ने बताएका हुन् ।

‘सांसद भएको भोलिपल्टदेखि संसदीय दलको तयारीमा लाग्‍ने छु,’ थापाले भने । प्रधानमन्त्रीका लागि संसदीय दलको नेता हुनुपर्ने व्यवस्था भएकाले थापाले सोको तयारीमा लाग्‍ने बताएका हुन् । थापा प्रधानमन्‍त्रीका आकांक्षि हुन् ।

Leave a Reply

ताजा समाचार